जब एउटा मान्छेको
मानस पटलमा कल्पनाहरूले सगरमाथा छुन्छ
आँखाहरू सभ्यताको गहिराइमा डुब्छ
खुट्टाहरू त्यसै त्यसै बुर्कुसी मारेर बेग मार्छ
सुख सुविधा
भोग बिलास
उन्नती प्रगती
सान मान
मोहहरूले डोराउँदै डोराउँदै
जिन्दगी सहरमा अवतरण हुन्छ
आयु छोटिन्छ
नाता टुट्छ
प्राकृतिक सुन्दरता गुम्छ
कृतिमताले जालो बेरेर
माँकुरोझैँ जालैमा मर्छ
हेर्नुहोस्
जङ्गलहरू बदलिएर
घना सिमेन्टी
नमिलेर मन पूर्व पश्चिम उत्तर दक्षिण
विचारहरू रात रात मन्थन हुन्छ
जिन्दगी उकुसमुकुस
धेरै दाउहरू हानिरहन्छ
संख्या नगन्य भएमा
छेपराझैँ बन्न नसकेमा
छलछम ढलपल नभएमा
यो पाटी त्यो पाटी नभएमा
हो मा हो नमिलाएमा बाँच्न गाह्रो छ
आफ्नै घाट सम्झे हुन्छ सहर सोझा मान्छेहरू
हालखबर के सोध्नु हुन्छ
जिन्दगी चलाउन आफ्नै मृगौला बेच्नुपर्छ
जिन्दगी नै निर्जीव लाग्छ
जामै जामको लाम
खानपान
आवतजावत
हाँसखेल
बोलचाल
किनमेल
नित्यकर्महरूमा
कुनैबेला यस्तो लाग्छ
समय नै जाममा परेर भाग्यले नै ठगिरहेको छ
साना नानिबाबुहरूको कलिला यौवनहरू
संसार बदल्ने कलिला विद्यार्थीहरूको कलिला मस्तिष्क
र ओइलाइरहेको सपनाहरू
नबजोडीका प्रथम मायाहरू
र चालेका एक कदमहरू
आमा बाबुहरूका आसहरू
एक छाक जोहो गर्ने भरियाहरू
भविष्यका होनहार युग पुरुषहरू
फगत धिप धिपिक्क बल्दै मर्दै
बाफिला हावाहरूले फुकेर
अर्धचेत बनाएर
सहरले निलिरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।