साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मौनता

Chovar Blues Mobile Size

तिमीले मेरा पाउहरूमा हत्कडी लगायौ
र जबरजस्ती घिसारी रहयौ
असंख्य चोटल मेरा पाउहरू मुर्छित भएपछि
एक दिन मेरा पाउहरू चुडिए र
सधैँको लागि मबाट अलग भए

म मौन मौन मौन केवल मौन बसिरहेँ
सोचे एक दिन सबै ठीक हुने छ

त्यस पछि तिमीले मेरा हातहरूमा हत्कडी लगायौ
पाउ बिनाको मेरा हत्केलाहरूलाई
फेरि पनि जबरजस्ती घिसार्यौ
घिस्रिँदा घिस्रिँदै एक दिन रक्ताम्य भइ
मेरा हत्केलाहरू सधैँको लागि मबाट अलग भए

म मौन मौन मौन केवल मौन बसिरहेँ
सोचे एक दिन सबै ठीक हुनेछ

एक दिन तिमीले तरबार ल्यायौ
मैले सोधिन के को लागि थियो
एक दिन तिमीले नै मेरो अन्तिम इच्छा सोध्यौ

sagarmani mobile size

म तिम्रो चित्त दुखाउन चाहन्न थिएँ
इतिहासले सहन जो सिकाएको थियो मलाई
मैले फेरि पनि सोचेँ मैले सहनु नै छ
त्यसैले फेरि पनि अन्तिम पल्ट तिमीलाई नै हेरेर मुस्कुराएँ

तर तिमीलाई म मुस्कुराएको मन परेन सायद
त्यही तरबारले मेरो टाउकोलाई काटिदियौ
तरबार तिम्रो हातमा थियो मेरो टाउको जमिनमा थियो
म फेरि पनि मौन मौन मौन केवल मौन बसिरहेँ
सोचे एकदिन सबै ठीक हुनेछ

तर म बोल्नु पथ्र्यो नि मेरा पाउहरू चुडिनुभन्दा अगाडि
त्यस पछि पनि मसँग समय थिए बोल्नको लागि
मेरा हत्केलाहरू चुडिनुभन्दा अगाडि

मेरा हत्केलाहरू चुडिएपछि पनि म बोल्नुपथ्र्यो
मेरा टाउको काटिनुभन्दा अगाडि
जहा मौनताहरूलाई चिर्न
जन्माउनु पथ्र्येा मैले केही थान प्रश्नहरूलाई

भन अपराधी मेरो मौनता थियो कि
मलाइ मौन रहन सिकाउने इतिहास
तर आज मेरो काटिएका टाउका हेरेर जन्मेका प्रश्नहरूसँग
मेरो मौनताको कुनै जवाफ थिएन

 

प्रतिक्रिया
Loading...