हामी मन्दिरमा जान्छौँ
वर माग्छौँ,
खै सुनिदैन,
हामी
मस्जिद जान्छौँ
रोजा बस्छौँ
खै हेरिदैन,
हामी चर्च जान्छौँ
प्रभुको आराधना गछौँ
रित्तो फर्कन्छौँ,
हामी
गुम्बामा मानी घुमाउँछौँ
माने बुझ्दैनौँ,
हामी रिसाउँछौ
खुशीको पूर्व देख्दैनौँ
हामी कल्पना गछौँ
धरातल त यथार्थ रहेछ
हामी न त्यो बुझ्न खोज्छौँ
न त्यहाँ टेक्न सक्छौँ,
हामी यतै अलमलमा
हामीले पुग्ने ठाउँ
चिनेनौँ कि
अचेल
हामी यस्तै भयौँ !
हामी के भयौँ,
अब हामी
जे हुनुपर्ने हो
त्यही बनौँ त हामी,
अनि
हामी भन्न सुहाउँला !

( हालः तनहुँ, दुलेगौंडा )