आँखामा
आँशु फटाएर
मुटुमा बतास चलेको छ
तिमीले
तृप्ति देख्यौ मेरो मुहारमा
धन्यवाद छ तिमीलाई
तर
म भने यतिबेला
कामेको छु
आँशुको घड्कनमा
र, म रोएको छु मुटुको आँशुमा
अनुहार
सत्य होइन
अनुहारमा
वाहियातको
नक्कली मुस्कान पनि हुनसक्छ
आँखाको उदासी र
मुटुको पीडा
मान्छेको आफ्नो सत्य हो
हो,
अहिले यतिबेला
त्यही
सत्यको सत्यमा छु म
समयको यो समय
म आँखामा
रगत रोएको छु–
मुटु फलाम भएर ⁄
कोरोनाः चौथो बिश्व युद्ध
कोरोना
तिमी यसरी
विश्व सखाप पार्ने गरी
मानवतामाथि
सार भयौ कि
तेस्रो विश्वयुद्ध नै
सुरू नभई
तिमी ह्वात्तै
चौथो विश्वयुद्ध भएर आयौ
तेस्रोलाई उछिनेर
तेस्रोभन्दा पहिल्यै
मानिसले
मानिसलाई छुनु
माया हुन्थ्यो पहिले
तर मान्छेले
मान्छेलाई छुनुमा
तिमी
आत्महत्या भएर आयौ
विना हातहतियार चुपचाप
तेस्रोलाई पालो मिच्दै
चौथो विश्वयुद्ध भएर आयौ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
बैशाख १४, शुक्रबार १७:१५