म हुर्केको घरगाउँ
घरको बार्दलीमा अडेसिएर हेर्दा देखिने
नदीको प्रवाह कलकल
ऐरावतीको सङ्लो शीतल जल
दृश्य टहक सुन्दर
ती छालहरूमा बगेको समयको प्रवाहमा
यात्रा सबैको
त्यसैले मलाई शहर मन पर्दैन साथी
ट-टाडा देखिन्छन् पर्वतीय नीला तरेली शृङ्खला चुच्चे र माने थुम्का
आगनको दायाँमा आमखोरा आकृति
आँपको बोट पार्श्व

सामुन्ने बेलको धरहरा छुने वृक्ष
लस्कर बसेका खरका घरलाई
बीचबाट चिरेर सरक्क सोझो बाटो
पर चौतारीमा
विशाल शिरीषको वृक्ष लता छहारी
तल म खेलेको त्यो धूलोमाटो
ल्याण्डो-गोली र डाँडि-ब्यो

यो वृक्ष कैलेबाट यस्तो विशाल भयो?
यो तपसी लता शीरिषको बोट
लाबरबारी र रामपूरगाउँको चोकमा
ती सम्झनाहरू मैले राखेको छु आज पनि
शहर पस्ने साथी ठगाहामा सामेल हुन्छन्

सदियौँको इतिहास !
समालेर राखेको वृक्ष तल हुँदै
त्यो बाटो भएर हिड्ने यात्रीको
बाल्य र पौगण्ड बुड्याइँ पिँढीको
त्यहाँ कति मीठो सपना थ्यो
म जन्मे गाउँमा
मेरो पनि सपना उस्तै थ्यो !

टमू, म्यान्मार