मायामा बैरी खोज्न
अन्त नजाउँ भो
धोका पाउने जान्दाजान्दै
जन्त नजाउँ भो

भोको बस्न तयार बरू
बासी नखाउँ भो
हेरी अनुहार कान्छा बाकै
काशी नजाउँ भो

त्याग अनि समर्पण
खेर जाला भो
आफ्नैलाई बैरी मान्ने
कस्तो चाला भो

अब तिम्रा कदमहरू
ढिला सारे भो
यस्तै हो भने अब
माया मारे भो ।

०००

डाँछी, काठमाडौँ