म सुस्केरामा समय निल्दैछु,
वा समय मलाई सुस्केरै लिन नदिई निल्दैछ ?
म कल्पनाको भर्याङ चढ्दै
समयलाई फकाउँदै छु
समय मलाई फकाउँदै छ वा गलाउँदै ?
अथक वेपरवाह
मृत्यूमा अमृत्युमा
सम्झनामा बेसम्झनामा
यादमा बेयादमा
जीवनमा अजीवनमा
समय ओ समय !
काश, तिमी उल्टो दिशामा चलिदिने भए
कोरलिएका अण्डाहरू पुनः एकपटक
आफैँलाई पूर्वाकारमा समेट्थे होलान्
विवाहहरु डिभोर्सबाट सुरु हुन्थे र
नव जोडीहरू सुखद दिनको लामो यात्रामा
बोतल, प्यालाहरू रक्सीले वापस भरिन्थे
र मदहोशहरू होशले
यादहरू पहिला आउँथे र
विगत विस्तारै
समय ओ समय !
तिमि तिम्रो जसरी नचली मात्र दिए
म जीवन खोज्थे जीवन
अस्ति नै मरेको जीवन
शहरमा मरेको जीवन
रहरमा मरेको जीवन
लहडमा मरेको जीवन
ओ जीवन! ह्वेयर आर यु ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला