वर्षौं बिते जस्तो लाग्छ,
प्रजातन्त्रको झण्डा मुस्कुराएको
गणतन्त्रको श्वास खुलेको
किन ब्युँझिएन देश ?
बदलिएन परिवेश
कि कोही सपनाको हत्या गरिरहेको छ ?
या कोही हत्यारा बचाउने
अभियानमा जुटिरहेको छ ?
सोच्न सकिन्छ गर्न सकिँदैन
जस्तो चाहेर पनि मर्न सकिँदैन
परदेशिने लाम, युवाको सपना, देशको बेरोजगारी
म हिर्काउँदै गर्छु, तिमी छेकेजस्तै गर्नु
म बिस्तारै सर्माउँछु, तिमी देखेजस्तै गर्नु
कोही छलछाम गर्दैछन् यसरी
भर्दैछन् नालमा प्लास्टिकका गोलीहरू
अनि बजार्न खोज्दै छन् भ्रष्टलाई
खै, आफैँले आफैँलाई तोकेको
सजाय कस्तो होला ?
एउटा अघाउने फेरि अर्को पस्ने
अहंकार आडम्बार ओहो जिद्दी
मिलेर मास्न सकिने
सजिलै भाँच्न सकिने
आखिर कसको हस्ताक्षर रहेछ
यो देशको लालपूर्जामा ?
र कसले बेचिरहेको छ देश कित्ता कित्तामा ?
बाजुरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला