– वेन्डी कोप

वेन्डी कोप

केही पुरुषहरू यसबारे कहिल्यै सोच्दैनन् ।
तिमीले सोच्यौ । तिमी आयौ
र भन्यौ कि झण्डै झण्डै तिमीले मेरालागि फूलहरू ल्याइसकेको थियौ
तर थोरै केही गडबडी भयो ।

पसल बन्द थियो । वा तिमीले गुमान लगायौ –
यस्तो कुरा जुन हाम्रोजस्तो दिमागहरूले
निरन्तर सोचिहाल्छ । तिमीलाई लाग्यो
मलाई तिम्रा फूलहरू नचाहिनसक्छ ।

त्यो बेला यो कुराले म मुस्कुराए र तिमीलाई अँगाले ।
अहिले त म खालि मुस्कुराउन सक्छु ।
तर, हेर त, तिमीले झण्डै झण्डै किनिसकेका फूलहरू
यो सम्पूर्ण समय फक्रिरहेका छन् ।