सञ्जु सुवेदी

रोपिन्छ बिज जब धर्तीमा
पलाउँछ आस पनि मनमा
अंकुराउँछ जब त्यो बिजमा
पलाउँछ खुसी अझ तनमा

आँकुरा बढ्दै जब ठूलो हुन्छ
फुल्दछ मन अनि फुरुङ हुन्छ
पछार्दा बतासले सोतर बन्छ
किराफट्याङ्ग्राले पनि चिथर्छ

कर्तव्य उसको कहाँ बिर्सन्छ र
डटिरहन्छ कठै झरी बादल सँग
असिनाले छिद्र परे पनि शरीर
लम्कन्छ पलुवा आफ्नो पथतिर

जब लाग्छ महिना मंसिरको
पूर्ण हुन्छ अनि सपना बिजको
कर्तव्य पूरा गर्ने अठोट उसको
भर्दिन्छ भकारी त्यो किसानको