रामप्रसाद स्कुल जा
जा स्कुल रामप्रसाद
पढ्न जा, जान्ने बन्
त्यहीँबाट राजनीति शुरू गर्
शुरू गर् राजनीति
स्कूलको कखरा राजनीति सिक्

क्याम्पस गाउँ समाज शहरको राजनीतिमा हात हाल्
दलाल, वकिल, ठेकेदार, व्यावसायी, कर्मचारी, मजदुर सबैसँग
सम्पर्क गर
चन्दा र धन्दाको राजनीति अगाडि बढाउँदै जा
अब ,
देशको राजनीतिमा हात हाल
टोपी दौरा सुरुवाल लगा
सांसद बन्, मन्त्री हो, घोटाला गर्
सबैलाई भड्खालामा हाल्
कुम्ल्याउन सक्ने जति कुम्ल्या
भ्रष्टाचारमा लिप्त हो
अकूत सम्पतिको मालिक बन्
अब के भो ?
के तैँले पुलिस प्रशासन र अदालत
किन्न सकिनस् ? किन हो ?
कि लोभ गरिस् ? कि बुद्धि बिगारिस् ?
कि सेटिङ बिगारिस् ?

ल ठिकै छ
अब अदालत धा अनि जेल जा
मन्त्रीको कुर्सी छोड
सेटिङ मिला बाहिर आइज
फेरि सेटिङ मिला उम्मेदवार बन्
चुनाव जित्, सांसद बन्, मन्त्री खा
कुर्सी समा
फेरि
फेरि पनि भ्रष्टाचार गर्, अकूत सम्पति कमा
चुनाव जित्, मन्त्री बन्
तँलाई देशको के चिन्ता ?
कसलाई देशको चिन्ता ?
देश यसरी नै चल्दै रहन्छ
फेरि उम्मेदवार बन्
चुनाव जित्, नेता बन्, दोहन गर्,
दोहन गर्,
नेता बन् , दोहन गर्।