यो तेरो मेरो गर्दागर्दै, सकिन्छ जीवन
हरपल हरक्षण मर्दामर्दै, सकिन्छ जीवन ॥
हिजो भएन, अब त केही हुन्छ होला भनी,
आस विश्वासमा पर्दापर्दै, सकिन्छ जीवन ॥
कुन ठाउँ जाऊँ, सुखको दिन सोची,
यताउता बसाइँ-सराई गर्दागर्दै सकिन्छ जीवन ॥
कहिले ठूला, कहिले साना सुख र दुःखका
आइपर्ने जंघार, तर्दातर्दै सकिन्छ जीवन ॥
अरुलाई प्रकाश दिन जलेको त्यो मुटुको
भावना सरी पग्लेर आफू झर्दाझर्दै, सकिन्छ जीवन ॥
चाहना पूरा हुँदा खुसीका नहुँदामा, दुःखको
नयनहरु आँशुले भर्दाभर्दै, सकिन्छ जीवन ॥
सबैको चाहना स्वर्गमा पुग्ने, मरेर गएपछि
तर मृत्युसँग नै डर्दाडर्दै, सकिन्छ जीवन ॥
जनकपुर धाम -01, प्रदेश न.२
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला