कवि तथा पत्रकार राजेश ढुंगानाले २०३५–३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनको पृष्ठभूमिमा लेखन–यात्रा थाल्नु भएको हो । कविका दुई कविता–संग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ र ‘मैले खोजेको देश’ प्रकाशित छन् । उहाँसँग पत्रकारिताको पनि लामो अनुभव छ ।
शहीद
—मोहन कोइराला
माघको रात–
भर्खर लिफलेको सडकमा पाइला सुनसान हुन्छ≤
काँगियोको टुप्पोबाट गिद्धले पखेटा निचोर्छ≤
जेलको राक्षसी ढोका चरमराउँछ≤
विष्णुमती पर्खिन्छ छाती फुलाउँदै –
मूर्छित मोटरले वातावरण थर्काउँछ
श्याल माटोमा घुस्रिन्छन् ,
पचली भैरवमा एक शव भर्खर भर्खर सल्किन्छ ।
मैले देखेंं त्यहाँ शहीदलाई बन्दूक ताकिरहेको –
चारैतिर डोरीले तानिरहेको–
राक्षसी छायाँको इशारामा,
जसबाट आŠनो देश र आमाको छाती कामेको छ
म भविष्यका दुई गोलीजस्तै दुई आँखा लिएर हेरिरहेको छु ।
हामीहरु करायौं–
“ए जल्लादहरु हो ! रोक, रोक, रोक ।
जसले तिमीहरुको बेइज्जत, दासता, भोक चोरेन–
जसले तिमीहरुको द्वेष, घृणा र इष्र्या चोरेन–
तिमीहरुको आँखामा सधैं बहार भर्न खोज्यो≤
आजको रातमा ती भविष्यका महान्हरु अस्ताउने छैनन्≤
ए जल्लाद हो ⁄ रोक, रोक, रोक ।”
शहीदहरु भन्दथे–
“जसले प्यारो साथीको मीठो वचन र महान्
आदतलाई बिर्सिसके”
शहीदहरु भन्दथे–
“ती साथी मरिसके ।
………. म तस्वीर सफा पार्छु,
………. धमिलो जमीन पानीले धुन्छु,
………. देखाउँछु, छातीमा दर्द लागेर–
……….. सूर्यको रातो प्रकाशमा बगिरहेको≤
त्यो रातो रङ्गमा म चित्र लेख्छु≤
पातले रश्मि चुमिरहेको
आँखाले चाँद चुमिरहेको
अनि म अर्को इतिहास पल्टाउँछु ।”
(मोहन कोइराला नेपाली कविता क्षेत्रमा कुनै चिनाइरहनु पर्ने नाम होइन – आफैं परिचय हुनुहुन्छ – कविताको । उहाँले समय होइन, आŠनो सिंंगो युग बोक्नु भएको छ । भन्नेहरु त उहाँका कवितालाई क्लिष्ट पनि भन्छन्, तर जे भनिए पनि कोइराला आधुनिक नेपाली कविताका एउटा कोशेढुङ्गा हुन्)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।