दिएर ब्रह्माण्ड अपुग छ कसैलाई
दुई वचन मिठो बोल्दा पनि अमृत छ कसैलाई
सोच हो कि विचार फरक भयो हामीबीच
आफ्नो नभएर पनि आफ्नोपनको आभास छ कसैलाई

तारा झारेर दिन्छु भनिन् कसैलाई
जीवन नै नामसारी गर्छु भनिनँ कसैलाई
दुखसुख साटासाट गरेर पनि
खै के पुगेन कसैलाई

एक्लै हिँड्नु छ यहाँ जिउनु छ एक्लै कसैलाई
साथै भएर पनि साथी भएन कसैलाई
कोही सँगै नहिँडेर पनि साथ छ कसैलाई
मान्छेपिच्छे फरक आभास छ कसैलाई

बाटो फरक भएर पनि साथ चाहिएको छ कसैलाई
एउटै बाटो भएर पनि मूल्य छैन कसैलाई
फरक फरकका स्वभावका मान्छे छन् संसारमा
सँगै हिँडेर पनि आफ्नो आभास छैन कसैलाई

प्रेम भए त किन मूल्य तोकिन्थ्यो र
माया भए किन अर्कोसँग ठोकिन्थ्यो र
समय समयको बात अर्कै हुन्छ कि क्या हो
माया पनि व्यापार भएको छ कसैलाई ।