ऊ कहिले मान्छेको बाटो थियो
कहिले
बाटोको अप्ठ्यारो थियो
उसलाई मान्छे मन पर्दैनथ्यो
किनकि
मान्छेका खुट्टाहरू सधैँ टेकिरहन्थे
उसको शिर
अचानक उसलाई मान्छे मन पर्न थाल्यो
किनकि
कुनै मान्छेले
उसलाई छोयो
कुँद्यो र मूर्ति बनायो
त्यही ढुङ्गा मूर्ति भएपछि
भाकल माग्छ
पूजा र ढोग माग्छ
आफैँले बनाएको
मूर्ति देखेर मान्छे आफैँ दङ्ग पर्छ
आफ्नो शिर झुकाएर
मूर्तिलाई चढाउँछ
र पुरानो ढुङ्गा ल्याएर
छातीमा स्थापित गर्छ ।
अमेरिका
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला