
एक दिन यस्तो भयो, सुन साथी सुन
घाम लाग्दै झरी पर्यो, रुन थाल्यो जून
कागले आफैँ गीत गायो, छेपाराले नाच्यो
पेट मिची नदी छेउ भ्यागुताले हाँस्यो
पाटे बाघ घुर्न थाल्यो, हात्ती लम्की आयो
दुलोभित्र सर्प पस्यो, ठूलो मुख बायो
आकाशमा घुम्न थाले, चमेरो र बाज
दौड भयो- कछुवा र खरायोको आज
स्याल कुद्यो खोलापारि के हुने हो फेरि ?
सिंह सुत्यो घाँसमाथि रमिता पो हेरी !
ㅁ ㅁ
कीर्तिपुर-५, हाल : कोरिया



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
