मानवताविहीन समाजको यर्थातता
रोक्न सक्ने छ कस्को क्षमता ?
विवेक गुमाएको मानसिक व्यक्तिको सामुमा
जननी जोगाउने उपाय के होला र जगतमा ?
के छोरी जन्माउनु र यो समाजमा
भविष्य के देख्नु विष्णुकुमारी वाइवा कि मौमिता ? (बलात्कारपछि हत्या गरिएकी डाक्टर )
सेता कोट माथिको रातो दाग
अँध्यारो कोठा, थकानको चाप
अनिद्राको लामो रात
निदाउन खोज्दै सजीव प्राण
दानवरुपी पागलको जमात
सुन्ने को होला उनको चित्कार
शरीरभरि नीलडाम
कसले सक्छ गणना गर्न
उनको मांशपेशी र अस्थिपञ्जर

किन लुटिन्छ सदैव महिलाको अस्मिता
कानुन अन्धो शक्तिशाली व्यक्तिकै वर्चश्व
बिरामी समर्पित सेवामा
छैन सुरक्षित आफ्नै पेशामा
कानुन अन्धो समाजमा
आफ्नै नजिकका बलात्कारी हुन्छन् परिवेशमा
के छोरीलाई मान्नु सृष्टिकर्ता
ब्रह्माले पनि हेर्दैछन् रे यी लाचारी
बलात्कारी जोगाउन सबै शक्ति आफ्ना
दर्दनाक मृत्यु नहोस् कसैको भाग्यमा
श्रद्धान्जली दिन काँप्ने यी हातमा
ज्यूँदै जलाइदिनु नारी अस्मितामाथि खेल्ने ती कठोर आत्मा ।