म हुँदा मात्र मेरो घर, घरजस्तै थियो
अहिले वृद्ध आमा–बाको मृत्यु कुर्ने थलो बनेको छ
याद आउँछ हाँस्दै रम्दै आमाको हातबाट खाएको
चाडपर्व आउँदा बाबाले किन्दिएका नयाँ नाना लाएको

रहर होइन बाध्यता थियो परदेश आउने
आमाको औषधीका निम्ति धन कमाउने
लाखौं सपना तुहाएको छु, विदेश आउन
मैले बेचेको छु खोरिया खेत भिसा लाउन

नेपालमा पनि हन्डर नखाएको होइन
जुत्ता फाटेका छन एम्बेस्सी र कन्सल्टेन्सी धाउन
कुदेको थिएँ वडा सचिव र अध्यक्षको पछि
कैले बैंकमा झुटो आम्दानी विवरण बनाउन
त, कहिले कृषिका नाममा आय आर्जन देखाउन

आफन्तको पछि पनि नपरेको होइन
झुटा आश्वासन पनि नपाएको होइन
कैले महिला बा त कहिले मान्यजन धाउन
दश माग्दा पाँच र पाँच माग्दा एक रुपैयाँ पाउन

विदेश लानु पर्ने थियो खाना र नाना
सकिसकेको थियो अब मनका चाहना
कहिले रुने गर्थे, सकस थियो जिउन
आत्मग्लानिमा परी दुई घुट्का मेटासील पिउन

जसो–तसो म विदेश लागेँ कुम्लो बोकेर
देश, प्रेम र घर परिवारको आँशु रोकेर
रुँदै थिए नाना बाना बाबा भनेर
चाहना पूरा गर्न सक्दैन थिए नेपाल बसेर ।