मौनतामा अल्झिरहेको एक सास
एक स्वरको सम्झनामा
थोपा थोपा चुहिरहेको रक्तनली
एक तस्वीरको कल्पनामा
पाइला पाइला रोकिरहेछ
एक आशाको किरणसँग
रात्रीको जाडो भुलाएर
एक शुभ प्रभातको पर्खाइमा
जीवित प्राणीको आस्तित्व बोकेको
एक जीवनको सहारामा
बिथोलिएका सपना हजार साँची
भोलिको यो यात्रामा
सिन्चिएका सबै झूटहरू
गढिएका जरा मानस‘पाताल’मा
तैपनि भ्रम स्वर्गको छ
अनन्त अन्धकारमा
बिहानी र रात्रीको अन्तरकाल
नसकिएला जस्तो यो जीवनकालमा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला