कोही किन क्रूर हुन्छन्
प्रतिकारको आग्नेय कोणमा
बिर्सिन्छन् मानवता पनि
हुन्छन् यति सम्मोहित
अहंकारको ज्वारभाटामा
आफ्नो दिललाई तँ
जलाउँछन् नै
तर त्यो धापले
निरीह मनुवाहरू पनि
बन्छन् निशाना
क्षणभङ्गुरमा नै
भुल्ने रहेछन् सजाय दिने
कर्म रहेछ भनेर
जनमानसलाई तँ
कठपुतली बनाउँछन् नै
तर त्यही सिधासाधा जनताहरू
जसले गराउँछन्
एउटा एक्लो मनुवालाई
गद्दीमा विराजमान
चुनाव चिह्नमा
✅ सही चिन्ह्नको
दस्तखतले
कागजी मतपेटिकामा
विकासको नाममा
ती वृद्ध आमाबुवाहरू
जसलाई लगाएका थिएनन्
कुनै सन्ततिले
शारीरिक श्रममा
बिना कुनै तालीम
बिना कुनै सुरक्षा कवच
एउटा सामुदाहिक हिस्टेरिया
गरेका छन् आविष्कार
नक्कल गरी
बीसौँ शताब्दीका
क्रान्तिकारीहरूका
पथमार्गहरू अहिले
जुन परिस्कृत हुनु जरुरी छ
कृत्रिम बुद्धिमता
अधिपत्य
नयाँ युगमा
जहाँ दूध पनि
पगार्नु पर्दैन
मेसिनले गर्छन्
ग्वालाका कामहरू
जुन आवश्यकता थियो
त्यो कालखण्डमा
जब दोस्रो विश्वयुद्धको
सुनामीले
डुबान गरेको
धरालाई
नयाँ वस्त्र पहिरन गराउन
तर यो यान्त्रिक युगमा
जहाँ यान्त्रिक मानबले
रोक्ने छ अवयवलाई
व्यर्थ शारीरिक थकावटबाट
दिनेछन् दोब्बर उत्पादकत्व अहिले
त्यो यान्त्रिक प्रविधियुक्त
जत्थाको
जरुरी छ यो
आधुनिकीकरण युगमा
जहाँ आधुनिक दासत्व
को गर्नुपर्छ
लुप्त सदा सर्वदा
जहाँ श्रमिकको ज्यान
बुलेटभन्दा न्यून थियो
जहाँ गोलीभन्दा सस्ता थिए
हाम्रा नर र नारीहरू
हुकुमी शासनमा
त्यसैले जरुरी छ
वैज्ञानिक युगको
प्रविधियुक्त आधुनिक कृषि
खोजेका छन् हाम्रा
गरा र कान्लाहरूले
नाकी सित्तैका
सिपाहीहरू
किनभने कस्ले
दिन्छन् प्रत्याभूति
प्रातकालीन भान्साको
लालाको आवासको
सन्ततिको लालनपालनको
वृद्ध आमाबुवाको स्वास्थ्य उपचारको
खिया लागेका जस्तापाताहरू
र घर खर्चको
जब मिल्छ यो मूल्यवृद्धिमा
र आर्थिकमन्दीमा
जहाँ दलालले
घर, जग्गा र खाद्य
वस्तुहरूलाई
परिणत गरेका छन्
विकसित मुलुकभन्दा उच्च
मूल्यवृद्धि अहिले
तर छैन वृद्धि रोजगारदाता र
तलबभत्तामा
जब बाँच्ने ज्यालाको
खाना अवयवलाई
मिल्छ प्रत्येक महिना
अनि रोकिन्छ प्रदेश जाने
नेपाली खुट्टाहरू
एयरपोर्टको द्वारमा
भएर पर्यावर्तन
जब भ्रष्टाचारी र कर तस्करमार्फत
जफत गरिएको
मिल्नेछ जिउने ज्याला श्रमिकलाई
राज्यमा काम गर्ने
सम्पूर्ण कामदारलाई
अनि बन्द हुन्छ
आधुनिक दासत्वको
नदीका भेलहरू
समृद्धिका बाँधहरूले
गजबार सरी
मुलुकलाई
बनाउने छन्
आत्मनिर्भर र पर्यापूज्यभूमि
पराग सेचन गर्ने छन्
सकरात्मक सोचाइका
तरंगहरूले
सम्पूर्ण नेपालीका
चेतनामा अनन्तकाल ।
बर्तुङ्, पाल्पा (हालः युके)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।