म मरि गया को रुनेया थ्यो
नमरी बाच्याँ कृती हुन्या थ्यो
रोगले खायो यो मेरा जिसम
मरेर बाँच्न भया मुस्किल भीषण
कोरेर पत्र दिहुम म कसलाई
अद्भुत जीवनमा अमृत पिलाई
यमले नलग्या भए यो जिसम
देशका निम्ति लड्थे, हरेक किसम
नमरी बाँचे कालले साँचे
रगतका खोला मै पनि पार्थे
वीरमा सपुत मरेर गए
पीरमा म आत्मगलानिमा परे
कोही छैन यहाँ बचाउन्या हाम्रा
जो आए पनि न हाम्रा न तम्रा
भीषणमा भाषन गरेर बसे
गरीबमा शासन गरेर फसे
देश आज अरुकै हातमा छ
हाम्रा नेता आश्वासनमा फसे
न तम्रा केही भयो
न हाम्रा केही भयो
जे भयो आज हाम्रो,
मसानमा बास भयो
देशको शासन आज
अरुकै हातमा गयो
म मरी जाँदा, आमा मात्र रोइन्
मेरो लासले श्रीमतीको आँसु मात्रै हेर्याे
छोरा मेरो, बाल तस्करीमा फस्यो
अन्तिम श्वास जाँदा आँखा छोरीको बलात्कारीमा पर्याे
न श्वास थियो न साथ थियो
अरु कोही होइन माइला बाको हात थियो
म मरे पछि त्यो दोस्रो मरणको रात थियो
मसानघाटमा बास छ
न कसैको आश छ
घुमी हिँड्दा चारतिर
देख्छु विकृति र विसङ्गति
देश र पार्टी भन्दै, फुल्या मेरा बाल
शेष पछि बाँकी रहे, मात्र मेरा कङ्काल
घर टुहुरो भया, म कुहिरो भित्र पस्दा
मलाई कस्तो भयो होला, छोरा बाबा भन्दै खस्दा
बादल माथिका देश थियो
यमराजले तानेपछि, यहाँ अर्कै केश थियो
म चाहेर पनि आउने बाटो थिएन,
सानैमा अनाथ भएको मेरो छोरा,
कतिपनि बाठो थिएन ।
न लडे्रर जीवन पाए
न मरेर मुक्ति पाए
हिजो एक पटक मरेँ
आज,
लाखौं सपना तुहाए, म हरपल मरेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।