
लामो
पट्यारलाग्दो
एकोहोरो गोरेटोको
कठिन उकालो यात्रा
अझै पनि छोट्टिएको छैन
लक्ष्य
अन्त्यहीन देखिन्छ
दोमन र दुविधामा
विरासतमा पाएको यो माटोको
उर्वरा हराएर
मरुभूमि भएको छ
…जहाँ फल्दैन केही
…जहाँ जन्मन्न कोही
सगरमाथा लगातार
फुत्त–फुत्त आगो ओकल्छ
बुद्ध
घरि…घरि हातमा बन्दुक बोक्छन्
यहाँ उदाउने सूर्य
प्रत्येक बिहान अँध्यारो ओकल्छ
र जूनले पोल्ने गर्छ
यो बुझेर के गर्नु
जब
नबुझ्नु नै हाम्रो नियति भएको छ…



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
