प्रेम पोखिन्छ नजरमा
सुन्दरता हुँदै
मनसम्म हुरुक्कै बग्छ
पोखिन्छ शरीरमा
आकर्षणको लेप लगाएर
आशक्तताको प्रभाव बोकेर
कुदिरहन्छ, दौडिरहन्छ
शकुन्तला दुष्यन्त
सौन्दर्य प्रेम
भरत फलित भएर
सृष्टिचक्र चलिरहन्छ
चोखो प्रेम शाकुन्तलम् भएर
क्रोंचचरीको वियोग प्रेम
सीताराममा फलित भएर
रामायण नाम बन्छ
पारिवारिक प्रेम र घृणा
छक्का पन्जा भएर
महाभारत जन्मन्छ
लैलामजनू प्रेम, उपलब्धि वियोग
चोखो प्रेम
मस्तिष्क प्रभाव
सुन्दर नजर
सुन्दर शरीर हुँदै पोखिन्छ प्रेम
स्थायीभाव रति हुँदै पोखिन्छ
वात्सल्य र भक्तिमा पनि चुहिन्छ
बुढेसकालमा सहारा हुँदै सकिन्छ
प्रेम: जीवन मृत्यु युद्ध घृणा
फरक नाममा जन्मिन्छ मर्छ
आफ्नै विशिष्ट पहिचान
परिभाषामा बगिरहन्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला