किराँतीको छोरो हो ऊ
माँझ किराँत राज्यको संरक्षण गर्न
उसलाई माङले पठाएको
ऊ अर्थात हर्क साम्पाङ
जनतालाई विकासमा फोडको दिएर
देशको पीडा आफ्नै आँशुसँग पिएर
घरी “गुइँठे” गीत गाइरहनु हुन्छ
घरी मादल बजाइरहनु हुन्छ
घरी बाँसुरीको धुनसँग
कुहुमा*लाई बोलाइरहनु हुन्छ
घरी विरक्त लागेर
वनजङ्गलका लहरासँग
बच्चेपिङ खेलिरहनु हुन्छ
शनिबारलाई नाम फेरेर
ऊ श्रमबार भन्नुहुन्छ
“आऊ युवा हो, मलाई साथ देऊ म भविष्य दिन्छु”
भनेर युवाहरूलाई देशमै
श्रम र रोजगार गर्न
हौसला दिनुहुन्छ
इशाको अन्तिम शताब्दीतिर
सुनसरीको विजयपुरमा
किरातीकै राज्य बसालेको
किरातीको खुद सन्तान हो हर्कराज साम्पाङ
उस्लाई बराह, दन्तकाली, पिण्डेश्वरको
आशीर्वाद विष्णुको पदचापसँग
एकै चोटी पाएको हो
धरतीको पहिलो धाम बराह-
बूढासुब्बा र सुब्बेनीको वरदान पाएको
किरातीको एक्लो सन्तान हर्क दाइ
उसको विचारको बाटोलाई
अचेल हर्कवाद भन्दारहेछन् दुनियाँ
हुन पनि हो
हिजो माओले चीनमा
लेनिनले रुसमा वादहरूको निर्माण गरे
आज त्यसैलाई माओवाद,लेनिनवाद भन्छन्
साम्राज्यवादीहरूको
रुखका हाँगालाई छास्न निस्केको हो
धर्मवादीहरूको घण्टा हिर्काउन निस्केको हो
मालवादीलाई बाटो चिनाउन हिँडेको हो
बाटो त गलत गर्दैस माओजी
माल त श्रममा भेटिन्छ
घरि यता घरि उता फिट्टे जुका जस्तो
जनताको हैसियत न नाप न मालवादी जी!
मैले त सम्झाको मात्र न हुँ
देश हामीसँग गुहार मागिरहेछ
जनता हामीसँग आशा गरिरहेछन्
“समृद्ध नेपाल,सुखी नेपाली”को
वास्तविक अर्थ….
के उत्तर हामीसँग छ?
उत्तर त प्रत्येक वर्ष लाखौँ युवाहरूलाई
पलायन हुनबाट रोकेर
देशमै रोजगार दिनु र देश विकास गर्नुमा छ
वृक्षरोपण गरी युगौँ
भविष्यसम्म फल दिनु र पाउनुमा छ
राजाको हलो,गोरु नारेर
भाले बास्दाखेरी
तिम्रा विकासे विरुवाको मुना पो आउनुपर्छ
हसिया र हथौडा श्रममा लगाउनु पर्छ
घाम झुल्किदै गर्दा त
मादलसँग नाचगान पो गर्नुपर्छ
एउटै छाता भित्र पो अडिनुपर्छ
ए..युगौंका पूर्खाहरू हो भन्नुहुन्छ ऊ
अनि घरी सोचमग्न हुन्छ
के यो भूमिमा जनतालाई खुसी बाँड्दा लिन्छ?
फेरि
सोच्छ…होइन लिनेले लिन्छन्
दिनेले धोका पनि दिन्छन्
लिइरहेको खुसीमा आगो सल्काउँछन्
तर पनि हार..मान्नुहुन्न भन्नुहुन्छ ऊ
घरी देशको आँखामा आँशु बगाउँछ
धरानेलाई विकासे फल चखाउँछ
र त
जनताको लस्कर आफ्नै रगतमा
हरहमेशा बगाउँछ ऊ
ऊ अर्थात हर्क साम्पाङ
ऊ एक्लो यो युगको कान्छा यलम्बर
त्यसैले हर्कवाद जिन्दावाद
…..
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।