त्यो पनि बग्छ
यो पनि बग्छ
त्यसले सब बगाउँछ
यसले जीवन मात्र बगाउँछ
त्यो नदी हो
यो समय हो

त्यो पनि फर्कन जान्दैन
यो पनि फर्कन जान्दैन
दुवै गतिमान छन्
त्यो समुद्रमा पुगेर सकिन्छ
यो मृत्युमा पुगेर सकिन्छ
किनकि
त्यो नदी हो
यो समय हो

हो !हो!
दुवैको काम बग्नु हो
त्यो बग्दा किनारा साक्षी हुन्छन्
यो बग्दा सूर्यचन्द्र साक्षी हुन्छन्
त्यो पानी हो
यो साँझ बिहानी हो।

अर्घाखाँची