न हराउँछ न डराउँछ, जुग जुग बाँचिरहन्छ
अमर र अजर भै सधैँ सधैँ हाँसिरहन्छ
सिकारूदेखि शिक्षकसम्म सबैको सारथि
त्यो के हो भन ? सबैले गर्छ सम्मान आरती

पत्रकार, कलाकार,देखि लेखक सम्मलाई
राख्ने गर्छ सबैलाई ,युग युगसम्म बचाईँ
जहिल्यै पनि अविनाशी छ जुगदी कलम
साहित्यकार मनका पीडा मेटाउने मलम

मार्नु परे एक थोपा, बचाउनु पनि एकै
पत्रकारको साथी हो त्यो त सबैले बुझ सधैँ
शिक्षाको साथी कलाको माथि रम्ने हो कलम
अविनाशी छ जहिल्यै पनि जुगदी कलम

अथाह छ शक्ति यसको बुझ्दैनन् कसैले पनि
अमूल्य छ मोल यसको नसकिने तिर्न पनि
बदलिदिन्छ यसैले त्यसै जिन्दगी कसैको
मूल्य नै विना सुपथमा केवल कलमी सबैको

छन्द: उपजाति झ्याउरे(असारे झ्याउरे/आर्या )