
चन्द्रबिन्दु सम्बन्धी सानो जानकारीः- ङ ञ ण न म को अगाडि आउने कुनै अक्षरमा पनि चन्द्रबिन्दु ( ँ ) लाग्दैन – दाङ झ्याङ वाण प्राण प्रवीण दान उन हान ठान बिहान उदाउनु नाम काम परिणाम छलछाम थाम …..इत्यादि
चन्द्रबिन्दु प्रयोग उदाहरणका लागि केही टुक्काहरू
१
नरिसाउनू मसँग माया लाउनू
कहिलेकाहीँ मेरो घरमा आउनू ॥
२
रिसाउँछु म लाउँदिन माया
अबदेखि हेर्दिनँ तिम्रो छाया ॥
३
मैले मेरो कर्तव्य निभाएँ
नरिसाउन भेट्न आएँ ॥
४
आँखाभरि आँशु पारेर जाऊ
यसरी सधैँ जिस्किन नआऊ ॥
५
कुरा मिले घुम्न जाउँला
सँगै बसी कफी खाउँला ॥
६
बाँसका झ्याङमा रुप्पी करायो
राज्यमा नियम कानून् हरायो ॥
७
दाङ बस्ने दाजु के खान्छौ
बिहानै उठी कता जान्छौ ?
८
सबभन्दा ठूलो विद्यादान
गुरूले भनेको कुरा मान ॥
९
उदाउँछन् घाम बिहानै आउँछन्
बालीनाली हेर्न दैनिक धाउँछन् ॥
१०
प्राण छ प्यारो उत्तम ठान
स्वस्थ भएर बाँच्नु छ जान॥
११
धेरै परिश्रमले गर्नू काम
अनि मात्र तिमीले भेट्छौ माम ॥
१२
असल कर्मको राम्रो परिणाम
दुष्ट भएर नगर्नू छलछाम ॥
अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

