बिहानीको सुनौलो रङ्गबेरी
कलिलो मुना बिउँझन्छ
लाग्छ नयाँ बिहानीमा
उसले मनको भावना साट्नेछ
जोड्नेछ मोटीका दानामा
अँधेरी चिरेका लाली
अनि मुस्कुराउने छ हृदय खोली
जिन्दगी भगवान्को देन हो
यौवनमा चञ्चले अन्तहार्स छर्दै
कलिला मुना ! पर्यासँग भावना साट्दै
पदमार्गको समष्टि मस्तिष्कको बौद्धिकतामा उतार्दै
बाहुवली, जलबिरे र ऐना झरनामा स्फूर्ति जमाउँदै
परापूर्वकालको इतिहास र यात्रामा
बादलको प्रेम बटुल्दै
मनभित्रको गुनगुनाहत र संसार मोहित आकृति
एकदिन भगवान्समक्ष टक्य्राउनु छ !
जीवको अन्त्यष्टि
समयको शीत ।
महालक्ष्मी-३, ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला