बहुजाति, बहुभाषी,बहुधर्मी हामी
मिलेर नै बसेका छौँ
यो हो साझा फूलबारी

नागरिकको दायित्व र कर्तव्यलाई
हृदयङ्गम गरौँ
दूषित विचार हटाएर
सकारात्मक बनौँ

अराजकता, उदण्डता र अतिवादी विचार
पालेर बस्नुहुन्न बैलैमा सुविचारौँ
सद्भाव भाइचाराको
हार्दिकतालाई कायमै राख्न
अभिभावक सबैको भूमिकालाई उँचो राख्न
हिजोका गल्ती, कमजोरीलाई स्वीकारौँ
अतिवादी सोचलाई
निमिट्यान्न पारौँ
राम-रहिम, बुद्ध-जिसस, शिव
वा अन्य कोही
बाइबल, कुरान, रामायण, त्रिपिटक
गीता जे-जे भने पनि
गन्तव्य त त्यही हो
आस्था र शैली न फरक हो !
वर्ग उही हो
महिला र पुरुष
सबैलाई काट्दा आउने
रगत नै हैन ?
संस्कृति र रीतिरिवाजको
सधैँ सम्मान गरौँ
व्यभिचारीलाई समयमै
पहिचान गरौँ
साझा फूलबारीको मर्मलाई स्पर्श गरी
नीचताको पराकाष्ठालाई पराजित गरी
सबै सँगै हात मिलाई
काँधमा काँध मिलाऔँ
मानवताको धर्म निभाऔँ

रीस, राग, कुण्ठा र
द्वेषलाई त्यागी
संकल्प गरौँ
असल कर्मको
सबैभन्दा ठूलो धर्म यही हो‑
मानवताको धर्म ।

सुनसरी