झरीमा रंगीन छाता ओढ्न
साउन भदौमा रोपो गोड्न
हरिया फरिया चिटिक्क लगाउन
एक गते साउन लुतो भगाउन
ह्विप जारी गरिएकोछ
फेसबुकमा फोटो राख्न
स्टाटस अलि छोटो राख्न
तीजको गीतमा छम्मछम्म नाच्न
बारुले कम्मर तीन ठाँउमा भाँच्न
ह्विप जारी गरिएकोछ
नाइटोसम्म मात्र देखाउन
त्यही वरिपरि ट्याटु लेखाउन
मादल जत्रो तिलहरी भिर्न
पार्टीको खर्च हाताहाती तिर्न
ह्विप जारी गरिएको छ
दारु-पानी ठिक्क पिउन
उध्रेको त्यो चोली सिउन
अरेली काँडैले फेरी नघोचाउन
खाएको दर मज्जाले पचाउन
ह्विप जारी गरिएकोछ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला