एउटा समय यस्तो पनि आयो
जब आँशुका बलिन्द्र धाराले मात्रै सकेन मनलाई साम्य बनाउन
अनि उक्सायो मस्तिकले अनायासै रगतका थोपाहरू चुहाउन
ती नारी काट्दा झरेका रक्तले अलि बेर अचेत तुल्यायो
तर त्यो रगतले राहत दियो, केही निमेष समस्यालाई भुल्यायो
यो प्रयत्न थियो, फगत प्रयत्न
मोक्षको निम्ति हैन, विफल प्रयास मात्र यी अनेक मोचनबाट थकित भएर अल्पिन
फर्केर जीवन जगत बुझ्दा, अनवरत खुसीहरूको अवधारणा बनेका रैछन् केवल कल्पिन
त्रास र दर्द मनभित्र संकलित भएर उम्लिदाको नतिजा थियो कि अनियन्त्रित क्रोध?
यसै आत्तिन्छ हृदय, पुर्याउँछु आफैंलाई हानि
अनि सक्दिँन गर्न आफ्नै प्रतिरोध
तातो रिस् भन्छौ तिमी, सुन यहाँ,
रिस हुन्थ्यो त चिच्याउँथे होला, बौलाउँथे होला म तर शान्त , एकोहोरो छु देख्दैछौ मलाई?
राहत रक्त र मसी पोखेर मात्र मिल्छ अचेल
त्यसैले नसोध “के लेख्दैछौ?” मलाई
रगतमा लतपतिएर पनि कसैलाई आनन्द महसूस हुन्छ? दिमागमा आउन सक्छ प्रश्न,
तर जब ऐनामा आफ्नै आकृति हेर्दा
आफैँदेखि घृणा हुन्छ, अनि नसकिँने रहेछ, सम्हालिएर बस्न।
गोदावरी ११, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।