ज्ञानोज

अनन्त छ सम्भव
त्यो कहिले सकिँदैन
नखोज एकहोरो तिमी
मात्र सफलता पाउन
लागिपर सधैं
आफूलाई नै सुधार्न
यो सृष्टिको खेलमा
कोही पनि छैन पूर्ण

बनिसकेको कुरालाई नै
नलाग फेरि बनाउन
खोज आफैँमा नयाँ
लगाऊ त्यसैमा ध्यान
अरुलाई हेरेर सिक
नछोड कहिले अध्ययन
मारेर आफ्नै सिर्जना
कहिले अरु नबन
अनन्त छ सम्भव
त्यो कहिले सकिदैन।