वस्तुको कम्पनबाट आवाजको विष्फोटन हुन्छ
बिस्फोटित आवाजमा बन्धन ध्वनि रहन्छ।
उक्त ध्वनिको स्पन्दन रहन्छ जताततै,
निर्विकार वाक्य ॐको जन्म सर्वत्रै ।
भाषाको चरण सुरुवाती,
ग्रह, नक्षत्रबीच यसकै स्तुति
विज्ञानलाई दिन ज्ञानको चुनौती
मानिसलाई तल्लिन देवको भक्ति
तीन लोक चौध भुवन गुनगान छ यसकै,
ब्रह्म वाक्य ॐको शक्ति ।
परब्रह्म ॐको शक्ति ।
प्रकृतिको अन्धकारबाट, आकासको मार्गमा अवतरण
अविनाशी ध्वनि हो सरस्वतीको मुखबाट ब्युत्पन्न
विज्ञान मान्दछ ध्वनिलाई, विद्युतको प्रकार,
विद्युतीय तरंग हो ध्वनिको प्रकार ।
मतमतान्तर चलिरहन्छ,
मनका विकार दुर गर्न,
जगत ब्रह्माण्ड चराचर
निरन्तर छ निराकार ॐकार ।।
निरन्तर छ जयकार ॐकार।।
एक हातको ताली सरि
गुन्जायमान छ जगतभरि
विकार सबै दुर गर्न,
बाचन गरौ घरी घरी ।।
ॐ ॐ ॐ ॐ ॐ ॐ
त्रिदेवको शक्ति छ यसमा
सत्य,तम, रज गुण छन् बसमा
महसुस गर्न सके स्वासमा
निरन्तर छ निराकार ॐकार।।
निरन्तर छ जयकार ॐकार।।
कीर्तिपुर नगरपालिका-८, काठमाडौँ
स्थायी ठेगाना: घोराही-१७, दाङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।