तिमी मेरो होनहार शिष्य
कक्षामा अब्बल तिमी
विलक्षण प्रतिभाको धनी
गुण दोष देखाउन माहिर
तिम्रो हृदयमा त्यो कस्तो प्रश्न उब्जियो
अथवा भन
आफैलाई कसरी बिरेचन गर्यौ
अनि
खुल्दुली पखाल्न तिमी हिड्यौ
सबै जिजीविषा त्यागेर
हिड्यौ सुटुक्क चालमा
भोरमा लिएको यो प्रस्थानलाई
भन
कुन तत्त्वबोधले प्रेरित तुल्यायो
अनि
पन्चतत्वको शरीरलाई
तिनै तत्वमा समाहित गर्दै
जल समाधिको पर्चा छोडेर
“अलबिदा” भन्यौ
***
बुद्ध दीपंकरको बरदानले
बोधिसत्व परमार्थ पारमितालाई पार गर्दैगर्दै
सिद्धार्थ गौतम मध्य रातमा घरबाट निस्किए
अनि
छ वर्षमा बुद्ध बनेर फेरि झुल्किए
कलियुगको यो अलबिदाले
के अर्को सिद्धार्थ जन्मन्छ त ?
मीनभवन, काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला