म युवा खोजिरहेछु
युवाले मलाई खोज्दैन
खै म कहाँ छु
मेरो अस्तित्व कहाँ छ ?
मान्छेले बनाएको कानुन
मान्छेले नै मान्दैन यहाँ
सत्तामा पुगेको मान्छेले
असल शासन गर्न जान्दैन
त्यसैले त म भन्छु
मेरो देश रोइरहेछ, मेरो देश बोलिरहेछ
म बाँचेको हेर्न चाहने
करोडौँ आशाहरू छन्
म आफैँमा सुन्दर छु
मलाई सिँगार्ने सुन्दर हातहरू
विदेश सिङ्गारीरहेछन्
देश घिच्न ढुकेर बसेका जिउँदा लासहरू छन्
जसले मलाई बिगारीरहेछन्
त्यसैले त म भन्छु
मेरो देश रोइरहेछ, मेरो देश बोलिरहेछ
म लक्ष्य पूरा गर्ने गन्तव्य खोज्छु
बेखबर छन् सफलताका पानाहरू
घाम जस्तै डुब्न लागेका बाआमा
यादमै छन् चुहिने छानाहरू
देशमा भविष्य छैन भन्दै छन् युवाहरू
त्यसैले त म भन्छु
मेरो देश रोइरहेछ, मेरो देश बोलिरहेछ ।
गुल्मी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला