मेराे मनकाे अतल गहिराईमा
प्रेमकाे समुद्र छ
अक्सर ज्वारभाटाहरू उठ्छन्
र कविता बन्छन्
मेराे मनकाे अतल गहिराईमा
प्रेमकाे समुद्र छ
र छ त्यही भित्र
आक्राेशकाे ज्वालामुखी
अक्सर ज्वालामुखीहरू फुट्छन्
र कविता बन्छन्
म प्रेमकाे समुद्रमा
आक्राेशकाे ज्वालामुखी बाेकी
यायावरझैँ डुलिरहेकाे छु
कुनै निश्चचित गन्तव्य छैन मेराे
चुम्नुपर्ने कुनै उद्देश्य छैन मेराे
कहिलेकाहीँ
प्रेमकाे समुद्रमा ज्वारभाटाहरू उठ्छन्
र प्रेमका कविता बन्छन्
कहिलेकाहीँ
आक्राेशका ज्वालामुखीहरू फुट्छन्
र विद्राेहका कविता बन्छन्
म अक्सर चन्द्रमा हेरेर मुस्कुराइरहन्छु
किनकि मनकाे सम्बन्ध चन्द्रमासँग छ
औँशी र पुर्नेजस्तै
मेराे मनमा पनि विराेधाभाष छ
मेराे मन प्रेमिल पनि छ
मेराे मन विद्राेही पनि छ
त्यसैले मेरा कविताहरू प्रेमिल पनि छन्
मेरा कविताहरू विद्राेही पनि छन्।
रत्ननगर-३,चितवन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला