सत्ताले सत्य देख्दैन
सत्ताले सत्य त झन् लेख्दै लेख्दैन
यसले त स्वात्त…. पार्छ
किनकि सत्ता सधैँ मैमत्त…छ
सत्ता सधैँ भ्रष्ट छ
यसले पावर देखाउँछ
भ्यु टावर बनाउँछ
~~~~~~~~~~~~
सत्ता सधैँ प्रष्टको बहाना गर्छ
तर यसको मति सधैँ भ्रष्ट छ
सत्ता पटरपटर बोल्छ
परिआए गधाको पाउ मोल्छ
जहाँ फाइदा हुन्छ, त्यहीँ बोल्छ
यसले जवान खाडी पठाउँछ
आफूलाई गाडी चढाउँछ
~~~~~~~~~~~~~~~
सत्ताले मरिगए सुन्दैन
यति उठेँ, यति हिडेँ भन्दै चिच्याउँछ
तर कहिल्यै गन्तव्यमा पुग्दैन
यसले रगत मात्र हैन
चिया पनि खान्छ
शरणार्थी पनि खान्छ
~~~~~~~~~~~~~~
सत्ताले रात भन्दैन
यसले घात भन्दैन
सत्ताले सात भन्दैन
किनकि
यसले स्वात्त.. पार्न पायो भने
कुकुरसँग पनि घाँटी जोड्छ
सुँगुरसँग पनि पार्टी जोड्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला