आफ्नी आमाको गर्भबाट
अनुपस्थित हुनु
मेरो पहिलो वाक्य थियो
हराउनुको
र दोस्रो थियो
आफूलाई सीमित राख्न सिक्नु
त्यो परिवारको लागि
जसलाई मनपर्छ आफ्नो छोरीहरूलाई
लुकाएर राख्न
अनुपस्थित हुने कला
सरल छ
जब उनीहरू भनिरहन्छन्
तँ केही पनि होइनस्
विश्वास गर
उल्टै आफू पनि दोहोर्याऊ
कुनै चाहना जसरी
म केही पनि होइन
म केही पनि होइन
म केही पनि होइन
प्राय
एउटा मात्र कारण थाहा हुनेछ तिमीलाई
तिमी जीवित हुनुको;
तिम्रो छातीको बढ्दो धड्कन ।
अनुवादः मोहित जोशी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला