– झरना थापा मगर
नासा इन्टरनेशनल कलेज, कक्षा १२
नेपाली भाषामा सजिलै कलम चलाई
नेपाली साहित्यलाई ठूलो योगदान पुर्याई
आफ्नो जीवनमा सफल बने उनी
जो हुन्, भानुभक्त आचार्य नेपाली साहित्यका धनी
आज तिम्रो जन्मदिन चढ्दै छ तिम्रो शालिकमा समारोहबीच माला
तारा बनेर हेरिरहेको छौ नि तिमी गर्व गर्दछौँ हामी नेपाली सारा
साहित्यको आकारमा एक नक्षत्र तिमी
मरेर गए पनि अझै मान्छेले सम्झिने कवि विचित्र तिमी
अन्धकारको दुनियामा साहित्यको दियो बाल्ने पात्र तिमी
आदिकवि भनेर नामको अघि लेख्न पाउने एक मात्र तिमी
संस्कृत रामायणलाई नेपालीमा अनुवाद गर्ने महान व्यक्ति तिमी
अन्धकार कोठामा गुम्सिएर बस्ने व्यक्तिको लागि प्रेरणाको स्रोत तिमी
पैसा त के नै हो र आउँछन् जान्छन्, इज्जत कमाउ भनेर ज्ञान दियौ
तिमीले गरेको त्यो मिहिनेतले आज आदिकवि कहलियौ
संस्कृत जानेता पनि लेख्यौ आफ्नो नेपाली भाषामा
सच्चा साहित्यकार भई बसेका छौ, हरेक नेपालीको हृदयमा
वि.सं. १९२५ मा उनी भए साहित्य आकाशका प्रिय तारा
तिम्रै योगदानको कदर गर्दै रोए साहित्य जगत रोए नेपाली सारा
मरेर गयौ तर पनि अझ छ, तिम्रा ती कृति
प्रेरणा मिलोस् मनैबाट अझै ती गुम्सिएका साहित्यकारहरूलाई हुन सक्रिय ।
०००
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला