– ललिता ढुंगाना
नासा इन्टरनेशनल कलेज, कक्षा १२
नाउँ भानु तनहुँ जन्म, बाजेबाट शिक्षा पाया
भानु तिमीले नेपाली साहित्यलाई सहज, सरल गाया
भानु मन मुटुमा बसेका हाम्रा
यथार्थ लेख्यो समाजदेखि राम्रा नराम्रा
यथार्थ लेख्यो समाजदेखि राम्रा नराम्रा
जब नेपाली भाषा तुच्छ भनि भनाए
भानुले नेपाली भाषालाई शिरको ताज बनाए
मौलिकतालाई अक्षरका टुक्राहरूमा भाँच्थे
भानु कवितामा गाउँथे कवितामै नाच्थे
नेपाली जनताका शिरमा आफ्नो कलम चाली
लेख्दै गाउँदै हिँड्ने भानु उकाली ओराली
नेपाली भाषामा तिम्रो अमरत्व सदासर्वदा
जीवित छौ तिमी छैन तिम्रो शरीर मुर्दा
शरीरमा दौरा कालो टोपी निधारमा टीका
छर्दै हिँडे भानुले साहित्यमा शब्द तिखा
घाँसी, कान्तिपुरी र रामायण शब्दले भर्दा
भानु तिमीलाई सम्झि प्रकद सदा ।
०००
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला