अब मलाई अलिकति अपरिचित नै रहन देऊ
म, हाम्रो कथामा कयौँ पटक
विशेषबाट सामान्यमा झरेको छु
तिम्रा झुटा सपनाहरूको इजलासमा
हाम्रो साँचो प्रेम, पटकपटक मरेको छ
एक झल्को प्रेमसँगै, आफू पनि मरेको छु
तिमी अञ्जान भएर अपरिचित भयौ
म तिम्रो अञ्जानबाट अपरिचित भएँ
तिमीलाई फरक पर्दैन होला, तिम्रो अञ्जानपनले
मलाई फरक पर्छ, यो एक्लोपनले
तिमीसँगै बाँच्न सिकाएको थियो तिम्रोपनले
आज एक्लै हाँस्न र बाँच्न सिकाउँदैछ एक्लोपनले
सायद हाम्रो भाग्यमा हामी लेखिएका छैनौँ
त्यसैले, हामीबाट म भएर एक्लै बाँच्न सिकाउँदैछ
कस्तो संयोग !
हिजो हामी थियौँ, आज म छु
सब समयको खेल न रहेछ !
हिजो तिम्रो उपस्थितिले कसैको मुहारमा हाँसो थियो
के थाहा, भोलि तिम्रो अभावमा कसैको जीवन नरहला !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला