प्रिय !
तिम्रो मुटुको राजमार्ग हुँदै
हिँड्न चाहन्छु
आफैँले छाडी आएको बाटो
कलेजोको सिरानी लगाएर
फोक्सोको चौतारीमा
एकैछिन सुस्ताउन चाहन्छु
पैतलामा टाँसिएर
बाँकी यात्रा गर्न चाहन्छु
तिम्रै आँखाको डिलमा
टुक्रुक्क बसेर
चितामा आफैँ ह्वारह्वारी जलेको
हेर्न चाहन्छु
के तिमी हेर्न सक्छौ
चितामा म खरानी भएको ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला