अज्ञानको अन्धकारबाट
यसरी ब्युँझियोस् मान्छे –
जसरी घाम झुल्केपछि सहज भावमा ऊ ब्युँझिन्छ
थाहै नपाई यसरी रुपान्तरित होस् मान्छे
जसरी उसको धड्कन र श्वास चलिरहेछ्न् !
चेतनाको शिखर यसरी चढ्दै जाओस् मान्छेले
जसरी पत्तै नपाई उसले उमेरका सिँढीहरू चढ्छ
जसरी सधैँ उस्तै छु भन्ने ठान्छ उसले तर ऊ फरक हुन्छ
मान्छेको रुपान्तरण
कविले कल्पना गरेजस्तो के यति सजिलै हुन्छ ?
कि बम नै पड्काउनु पर्छ
अज्ञानको अन्धकारबाट ब्युँझाएर
रुपान्तरित गर्न उसलाई ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला