नेतृत्व !
हिजो, आज
र सम्भवत भोलि समेत
तिम्रा प्राथमिकतामा
नपरेका
विषयगत अनुहारहरूको
सूची
लेखेको छु अक्षरमा
गरीव
अनपढ
र
रोगी ।
तिमीले भनेका
मार्ग प्रशस्तमा
मेरा आँखाले सधैँ
कुर्सी
पद
र
पैसा मात्रै देखेको छ
तत् कारणले
सबेरै मेरा आखाँहरूले
खोज्दै छन्
यी ती सिंहदरबारका
काला अनुहारहरू
ती दनदनी जलून्
र
त्यही खरानीमा
इतिहासले
जन मार्ग
प्रशस्त गरोस् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला