जेएस ठकुरी

जब,
जून, ताराहरु
निदाएका हुन्छ्न्
रात,
कालो, डरलाग्दो हुन्छ ।

त्यही,
अँधेरी रातमा
धिप-धिप गर्दै,
झिमिक-झिमिक गर्दै,
आफ्नै तालमा,
स्वतन्त्र चालमा,
अलि-अलि चमक लिएर,
अलि-अलि उज्यालो लिएर,
उनी, आउने गर्छिन् ।

अनि म,
थोरै उज्यालोको आशमा
अँधेरी रातको
कालो छहारीबाट,
उनको स्वागतमा
मुसुक्क, मुस्कुराइदिन्छु ।

र उनी,
खुशी हुँदै,
नाच्दै, उफ्रँदै,
अलि-अलि चमक,
अलि-अलि उज्यालो,
मेरै वरिपरि छर्किन्छिन्,
निरन्तर-निरन्तर ….।

उनी अर्थात्,
जूनकीरी…,
एक, रातकी सौन्दर्य

घोडाघोडी न. पा.-९, कैलाली