उच्च हुँदै छ
नेपाल आमाको माथा सगरमाथा सरी
जब किताब पढ्छ नेपाली
सकारात्मक सोचाइ अभियानको गाथाले
फर्केर आँउदै छन् वीर नेपाली
आफ्नै देशको माटोलाई बनाउँदै हरियाली
नवपरिवर्तनको लहर फैलाउन
गामबेसीदेखि नगर‑महानगर बनाउँदै
शान्त ,स्निग्ध र समृद्धितर्फ लम्कदै
आफ्नै मातृभूमिमा
आउँदै छन् माइला साइँला
कान्छा र जेठा
अब हेर्नुपर्ने छैन
लाला र अर्धाङ्गिनीको
फोटो एल्बममा
झार्दै ममताका आँसु
हत्केलामा
भविष्यको चोलामा
जसरी मानदेव, अरनिको
र भृकुटीले सुनौलो युग
गरेका थिएँ सुरुवाती
जसबाट मिङदेखि सम्राट कुब्ला पनि
भएका थिए मन्त्र मुग्ध
देखेर अरनिकोको
लियोनार्डो दा भिन्सीजस्तो
विलक्षण
कालिगढी
गरेका थिए
दुर्बिनको आविष्कार
बनाएका थिए संसारकै
अग्लो विहार
परन्तु विडम्बनावश
छैनन् हाम्रा मुना र युवाहरू
जानकार
आफ्नै देशको
इतिहासप्रति
किनभने गरेको छैन
राज्यले स्कुलको
कोर्शमा समावेशीकरण
यही रहेछ हाम्रो कमजोरी
हुँदै छ आफ्नै नेपाली भाषा
लोप हुने क्रममा
परदेशी भाषाको
गुरुत्वाकर्षणले
त्यसैले नमानौँ लाज
यसरी
आफ्नै मातृभाषामा सम्वाद गर्नलाई
बिन्ती छ मेरो बारम्बार
बुद्धले
दिएका थिए
पहिलोपटक दुःखको ओखती
जुन कुनै मानसिक डाक्टरले
सकेका थिएनन्
गर्न निवारण
गरेर आर्जन
प्रज्ञा, ध्यान र करुणा
विखण्डित ससाना राज्यलाई
एउटा सिंगो राष्ट्रमा
गरेका थिए
परिष्कृत राष्ट्र पिता
पृथ्वीनारायण शाहले
कलिलो उमेरमा
गरेर महान् गोर्खाली सैनिकको
सृजना
जसको प्रत्येक दिव्य उपदेशको
वाणी
श्रवण, मनन र पालन
गर्दा बन्नेछन्
देशभक्त नेपाली
जो रहेछन् समर्पित
मातृभूमिप्रति समर्पित
शिर उचाली सदैव
रहेछौँ हामी चार जात छत्तीस
वर्णको फूलबारी
सबै हामी
नेपाली
बनाउँदै कलात्मक
मनोरम हराभरा बगैंचा सरी
आउँदै छन्
सिकेर सीप, नैतिकता, इमान्दारी
र मानव अधिकारको
परिचालन आफ्नै
आँखाका नानीमा
गरेर कैद परदेशमा
गरेर दिलमा
प्रक्षेपण
यही नै रहेछ सकारात्मक सोचको
शक्ति अपरम्पार
बचाउनु पर्छ हाम्रो पर्यालाई
अनि दिनेछिन् धराले नै
तिलस्मी फल कालान्तर
त्यसैले यो प्रकृतिलाई
गरौँ पूजा बारम्बार
जसरी गर्छौं
सन्ततिप्रति बफादार
त्यसैगरी हुनुपर्छ
पर्याप्रति कर्तव्य परायण
जसरी गर्छौं मन्दिरका मूर्तिलाई
सफा सदाबहार
झुकाई आफ्नो माथा बारम्बार
अनि बन्नेछ पूरै गाम नगर महानगर
एउटा बस्न लायक अल्कापुरी
निरन्तर ।
सुमन भट्टराई
बर्तुङ, पाल्पा (हालः युके)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।