ठालुहरू सरकार चलाउन फेल भए
तर देश डुबेन ?
म एक पटक एस.ई.ई.मा फेल भएँ
तर म डुबे ?
मान्छे गुना डुब्नुको अर्थ किन फेर्छ यो समाज ?
कस्तो सोच ? कुन यथार्थ ? कुन धरातल ?
थाहा पाउँ हजूर
अदालत भए न्याए पाउँ हजूर
हेक्का छ महाशय ?
म फेल भएको कि देशको शिक्षा ?
शिक्षक हाजिर गरेर क्लासमा नआएपछि
शिक्षकले पढाउँदै नपढाएपछि
ट्युसन, कोचिङ पढ्न मेरो आर्थिक अवस्थाले नभ्याएपछि
प्रयोगात्मक नभई घोकन्ते शिक्षालाई प्रोत्साहन दिएपछि
मैले पास नगरेको कि देशको शिक्षाले ?
उत्तर भए पाउँ हजूर
अदालत भए न्याय पाउँ हजूर
जीवनमै प्रयोग नहुने
गणितमा जुङ्गे, ठूला ब्याक्रेट सिकेपछि
विज्ञानका सूत्र र नियमहरू सिकेपछि
सोचेथेँ, खाली पेट सदाका लागि भरिने छन्
यिनीहरूले शरीरमा वस्त्रको काम गरी मेरो लाजै छोप्ने छन्
तर माख्खो मारेनन् ती सूत्र र नियमहरूले
किन यस्तो भयो हजूर ?
अदालत भए न्याए पाउँ हजूर ।
तर ऊ भन्छ, तँ फेल भइस्
बेकामे भइस्, खेर गइस्
कुहिएको आलु भइस्
किन हजूर
अदालत भए न्याए पाउँ हजूर
मैले भनेँ‑
फेल म मात्रै भको हो र ?
५२ प्रतिशत भएका छन्
तर पछुतो छैन मलाई
यस्तो अव्यवहारिक शिक्षामा पास भएर
महँगा कलेज हुँदै विदेश पुग्नु भन्दा
बरू जेल जान सिक्छु
नारा लाउन सिक्छु
ढाँट्नै सिक्छु
आश्वासन दिन सिक्छु
गुट बनाउन सिक्छु
अनि बनाउँछु ठालु बन्ने योग्यता
र रोप्छु राजनीतिक दलको बिरुवा
त्यै बिरुवा गोडमेल गर्दै
अवश्य बन्छु देशकै ठालु
यही देशको ठालु
कि के गरूँ हजूर ?
अदालत भए न्याए पाउँ हजूर ।
ठालु भएपछि फेल भएर के भयो र ?
अहिलेसम्म फेल भएको ठालु जेल गयो र ?
देश विकास नभएर के भयो र ?
ठालु भएपछि म त मालामाल हुन्छु
पैसाले आफन्त किन्छु
किन्छु सबै नियम, कानून, दलालहरू
अनि शान देखाएर हिँड्छु
तर बन्दिनँ एस.ई.ई. फेल गर्दैमा म कायर
र गर्दिनँ म आत्महत्या
कि के गरुँ हजूर ?
अदालत भए न्याए पाउँ हजूर
एस.ई.ई. फेल गर्दैमा म चैँ
तल्लाघरेले जस्तो आत्मदाह गर्दिनँ
देश चलाउँदा पास नभएकाहरूले
कहिले आत्महत्या गरेका छन् र ?
मैले आत्महत्या गर्नुपर्यो ?
कि के गरुँ हजूर ?
अदालत भए न्याए पाउँ हजूर
ठालुहरू त बरू हल फेरिफेरि
पालो गरी गरी
सरकार चलाइरहेछन्
असफलताकै चाङ बढाइरहेका छन्
मच्ची मच्ची
अनि म चैँ गर्छु त आत्महत्या ?
कायरले जस्तो ?
अहँ गर्दिनँ
बरु गर्छु राजनीति
अनि बन्छु देशकै ठालु
अरू ठालुहरूजस्तै
योग्यता कम भएको
आन्दोलनमा दम भएको
सत्य वचनमा कम भएको
नेता भएर
कि के गरुँ हजूर ?
अदालत भए न्याए पाउँ हजूर ।
हालः क्यालगेरी, क्यानाडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।