
बिगाहाबाट रोपनी
रोपनीबाट आना
आनाबाट माना हुँदै
जमिनको दूरी छोटियो
बाह्रहाते फूलबुट्टे सारी
एकबित्ते स्कर्टमा छोटियो
भौतिक उन्नतिको फलस्वरूप
पुल बनेपछि ओल्लो र पल्लो
किनारको दूरी छोटियो
अन्तरीक्ष यानकोआविष्कारपछि
पृथ्वी र अन्य ग्रहको
बाटो छोटियो
हवाइजहाजको परिकल्पना साकार भएपछि
देशदेश बीचको दूरी छोटियो
वैज्ञानिक औजारको
खोज र आविष्कारपछि समय छोटियो
मान्छेले गर्नुपर्ने जटिल कामको
ढाँचा सरल भएर छोटियो
जेजे छन् हामीसँग
ती सबै चीज छोटिए
छोटिनुपर्ने कुरा नि छोटिए
छोटिनु नपर्ने कुरा नि छोटिए
तर विडम्बना
जसरी पनि छोटिनै पर्ने मान्छेमान्छे बीचको
सम्बन्धको दूरी चाहिँ किन लम्बियो ?
बुढनीलकण्ठ, काठमाडौँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
