उसलाई हरेकदिन
निदाउने बेला सम्झन्छु
र सपनामा पाउँछु
ब्यूँझिएपछि पनि सम्झन्छु
तर विपनामा गुमाउँछु
चुरोटको ठुटामा पाउँछु
उसका यादहरू
तृष्णा नमेटिएसम्म
सल्काउँछु निभाउँछु
उसलाई हरेकदिन
साँझ पर्न लाग्दा सम्झन्छु
र मदिरामा पाउँछु
मन छ अनुभूति गर्न
उसको स्पर्श
र मन छ सुनाउन उसलाई
आफ्ना भावना
तर ऊ समक्ष कहिल्यै नपुग्ने आफ्नो आवाज
आफैँभित्र दबाउँछु आफैँमा हराउँछु
उसलाई हरेकदिन निदाउने बेला सम्झन्छु
र सपनामा पाँउछु ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला