म नेता हुँ
सत्ता पक्षसँग पनि ठिक्क
विपक्षीसँग पनि ठिक्क
म समावेशी हुँ
काँग्रेससँग पनि ठिक्क
माओबादीसँग पनि ठिक्क
म सबैको बा हुँ
छोरासँग पनि ठिक्क
छोरीसँग पनि ठिक्क
म राष्ट्रबादी हुँ
भारतसँग पनि ठिक्क
चीनसँग पनि ठिक्क
म आख्यानकार हुँ
मन पराउनेसँग पनि ठिक्क
घृणा गर्नेसँग पनि ठिक्क
म राजनेता हुँ
मालासँग पनि ठिक्क
रातो कार्पेटसँग पनि ठिक्क
म भूमिहीन हुँ
गिरिबंधु स्टेटसँग पनि ठिक्क
ललिता निवाससँग पनि ठिक्क
म आलु हुँ
तामासँग पनि ठिक्क
गुन्द्रुकसँग पनि ठिक्क
म प्रधानमन्त्री हुँ
गृह मन्त्रालयसँग पनि ठिक्क
अर्थ मन्त्रालयसँग पनि ठिक्क
म खेलाडी हुँ
प्रचण्डसँग पनि ठिक्क
शेर बहादुरसँग पनि ठिक्क ।
पेरिस फ्रान्स
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला